फरार कैदीले जनतामा त्रासः यौनजन्य एवम् लैङ्गिक हिंसामा परेका महिलाहरुलाई सुरक्षाको प्रत्याभूति गराउन गाह्रो


कारागार व्यवस्थापन विभागको अनुसार भाग्नेहरूमा सबैभन्दा बढि बलात्कार र लागूऔषध सम्बन्धी  कसुरका कैदीहरु छन् । लैङ्गिक हिंसा पीडित महिलाहरुलाई  जोगिन थप चुनौती।

विद्या राई (काठमाडाैं)

यतिखेर देशैभरी दसैंको रौनक छ । ललितपुरकी ३० बर्यीया कमलाका लागि यही दसै फिका छ । जेन जी आन्दोलनको दोस्रो दिन कारागार ताेडफाेड र आगजनी गर्दै कैदीबन्दीहरू भागेदेखि नै उनलाई डर, त्रास र असुरक्षाले पिराेलेकाे छ । दुई वर्ष अघि कमलाकी ९ बर्षकी छोरीलाई छिमेकीले फकाइफुल्याइ गरेर घरैमा बलात्कार गरेका थिए । “दाेषीकाे श्रीमतीबाट भर्खरै जन्मेको बच्चा हेर्ने, खेलाउने रहर लागेर कमलाकी छोरी आउनेजाने गर्ने रहेछिन् । त्यही मौकामा ललाइफकाइ गरेर घरको कोठामा लगेर त्यस्तो गरेको रहेछ,” उक्त घटनाकी जानकार अधिवक्ता अनिता न्यौपानेले सुनाइन् ।

२०८० सालमा बलात्कार कसूरमा अदालतबाट दाेषी प्रमाणित भएपछि जेल चलान भएका ती छिमेकीले निस्केपछि “छाेरी मारिदिने” धम्की दिएका थिए । “अहिले त्यसैकाे खतरा बढेकाे छ,” अधिवक्ता न्यौपानेले कमलालाई उद्धृत गर्दै भनिन् । (पीडितकाे सुरक्षा गाेपनीयताका लागि उनकाे वास्तविक नाम खुलाइएकाे छैन) । 

देशमा व्याप्त नातावाद, भ्रष्ट्राचार र २६ वटा सामाजिक सञ्जालमाथि एकसाथ प्रतिबन्ध लगाइएको अघिल्लाे सरकारकाे निर्णय विरुद्धकाे देशव्यापी जेन जी आन्दोलनको दोस्रो दिन अर्थात गत भदाैं २४ गते कैदीबन्दीहरू कारागारबाट निस्केर घर, गाउँ, टाेल र बस्तीतिर तितरबितर भएका थिए । यसले टाेल बस्तीहरूमा मानिसहरूले सुरक्षा चुनाैती महसुस गर्न थालिसकेका थिए । कमलाले पनि साथीहरूसँग खेल्न निस्केकी आफ्नी छाेरीलाई हत्त न पत्त घरैमा बोलाइन् । घरैभित्रै राखिन् । भाेलिपल्ट पनि कैदीहरू भाग्ने क्रम चलि नै रह्याे । अर्काेदिन पनि कमलाले छोरीलाई बाहिर कतै निस्कन दिइनन् । 

ज्यान जाेखिमकै सवाल भएकाले कमला भने कैदीहरू भाग्न सुरू गरेकाे तेस्राे दिन कानुनी सेवा लिदै गरेकाे संस्थामा गुहार माग्न पुगिन् । ललितपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभरी जारी गरेको निषेधाज्ञा र कफ्यु छिचाेल्दै उनी भदाैं २६ गते कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) काे कार्यालय पुगिन् । “हामीसम्म आइपुग्दा उहाँ अत्यन्तै डर र त्रासमा हुनुहुन्थ्याे,” संस्थाकी कार्यकारी निर्देशक समेत रहेकी अधिवक्ता न्यौपानेले सुनाइन् । कमलाकी छोरीलाई बलात्कार गर्ने दोषी कारागार भित्रै छन् वा बाहिर छन् भन्ने यकिन छैन । तर, १४ हजारभन्दा बढी कैदीहरु कारागार बाहिर निस्केपछि भयवित छिन्, मानसिक रूपमा बिथाेलिएकी छन् ।

हिमाल सुवेदी / विकिमिडिया कमन्स्

कमलाकी नौ बर्षकी छोरीमाथि बलात्कार गर्ने छिमेकीले सुरूदेखि नै धम्क्याउदैं आएका छन् । प्रहरीमा घटनाकाे उजुरी दिएपछि पीडकले उल्टै डरधम्की देखाएर गाउँमै मिलाउने प्रपञ्च रचेका थिए । कानूनी सहयोग तथा परामर्श केन्द्रले पीडित पक्षलाई कानूनी सहायता र मनोसामाजिक परामर्श उपलब्ध गराएपछि बलात्कार कसूरमा मुद्दा अघि बढेकाे थियाे । पीडकलाई थुनामै राखेर अनुसन्धान गरिएको थियो । २०८० सालमा जिल्ला अदालत ललितपुरले मुलुकी अपराध संहिता २०७४ को जबरजस्ती करणी सम्बन्धी कसूरको दफा २१९ (३) (क) अनुसार बलात्कारको दोषि ठहर गर्दै जन्मकैद र पाँच लाख जरिवाना तोक्यो । साथै पिडितलाई एक लाख क्षतिपुर्ती भराएकाे थियाे । 

पीडकले जिल्ला अदालतकाे फैसला विरूद्द उच्च अदालतमा पुनरावेदन समेतगरेका थिए । उच्च अदालतले दुई महिना अघि मात्रै जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि केही ढुक्क भएकी कमलालाई कैदीबन्दीहरु भागेको घटनाले बेचैन बनाएको छ । ल्याक कार्यालय पुगेकी उनलाई कानुन अधिकृत र मनाेविमर्शकर्ताले मनाेसामाजिक परामर्श दिए । आवश्यक परेमा शेल्टर हाउसमा बस्ने व्यवस्था गरिदिने ल्याकले बचन समेत दिएको छ । 

पछिल्लो पाँच बर्षमा देशैभरीबाट ११ हजार ९ सय ४९ वटा महिला तथा बालिकालाई बलात्कार भएको प्रहरीमा उजुरी परेको छ । दैनिक औसत ६ देखि ७ महिला र बालिका बलात्कार जस्तो जघन्य अपराधको सिकार हुने गरेकाे प्रहरीकाे अभिलेखले देखाउँछ ।

असुरक्षा र अपराधकाे भय

जेन जी आन्दोलनको पहिलाे दिन १९ जना प्रदर्शनकारीकाे सरकारले गाेली हानी हत्या गरेपछि कर्फ्युका बाबजुत पनि दाेस्राे दिनकाे प्रदर्शन बिहानैदेखि आक्रामक बनेको थियो । संघीय संसद भवन, प्रहरी कार्यालयहरू, सिंहदरबार, अदालत, व्यापारिक भवन, नीजि तथा अन्य सरकारी संरचनाहरूमा ढुंगामुडा, ताेडफाेड, आगजनी भैरहेकाे थियाे । काठमाडौं उपत्यकामा मात्रै २१९ वटा प्रहरी कार्यालयका भवनहरूमा क्षति भएको थियो । ती  मध्ये १४ वटा भवन पुननिर्माण नगरी सञ्चालन गर्न नसकिने गरी ध्वस्त भएका थिए।

सुरुमा, भदौ २४ गते दिउसो साढे तीन बजेतिर, प्रहरी प्रशासनको कमजोर उपस्थितीको मौका छोपेर केहि प्रदर्शनकारीहरूले सहकारी ठगि प्रकरणमा कारागार चलान भएका पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई नख्खु जेलबाट भगाएका थिए । यसबारेको समाचारहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा फैलिएपछि अन्य कैदीबन्दीहरुले आफुहरुले पनि कारागारबाट रिहा हुन पाउनुपर्ने माग गर्दै ढुंगामुढा, तोडफोड र आगजनी गर्दै भागेका थिए । सोही बेलुकी सुन्धारास्थित केन्द्रीय कारागारमा भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमालेका नेता एवम् पूर्वमन्त्री नेता टोपबहादुर रायमाझी पनि भागेका थिए । कारागार व्यवस्थापन विभागमा बन्दी प्रशासन शाखाका निर्देशक एवम् प्रवक्ता चोमेन्द्र न्यौपानेका अनुसार लामिछाने र रायमाझी जसरी देशभरका १४ हजार ५५ कैदीबन्दी कारागारबाट भागेका थिए ।

कारागार व्यवस्थापन विभागमा निर्देशक न्यौपानेका अनुसार भाग्नेहरूमा सबैभन्दा बढि बलात्कार र लागूऔषध सम्बन्धी  कसुरका कैदीहरु थिए । अहिले फरारकाे सूचीमा पनि तीनै गम्भीर अपराधका अभियुक्त र दाेषीहरू बढि रहेकाे उनले स्पष्ट पारे ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरे भन्छन्, “कैदीबन्दीहरु भागेको, हतियार, गाेलीगठ्ठाहरु लुटिएकोले गर्दा डरत्रासको स्थिती हुने नै भयो, बदलाको भावना लिएकाहरूले समाजमा थप अपराध, चाेरी डकैती गर्नसक्ने सुरक्षा चुनाैतीकाे जाेखिम बढेकाे छ ।” 

बितेका केहि हप्तामै असुरक्षा र अपराधकाे भय देशैभरि महशुस हुन थालिसकेको छ। चार वर्षअघि गाउँकै महिलालाई बलात्कार गरेको अभियोगमा कारागार चलान भएका काभ्रेको पनौती नगरपालिका-१२ स्थित गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले नख्खु जेलबाट भागेकाे ११ औ दिनमा श्रीमतीकाे हत्या गरेका थिए । काभ्रेका तामाङ श्रीमती हत्या गरेपछि नख्खु जेल फर्किएका थिए । तामाङले आफ्नी श्रीमती परपुरुषसँग लागेको शंका लागेर कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । निमित्त प्रवक्ता दिनेशबहादुर कुँवरले बिहिबार बोजुबजैसित भने, “कुटपिट गरेर बेहोस भएको श्रीमती नउठेपछि घरपरतिर बारीमा गाडेर नख्खु जेल नै फर्किएको रहेछन्, यो सन्तबहादुरले स्विकारेको अवस्था छ, यो घटनामा उनको आमा पनि मतियार देखिएकोले अनुसन्धान भैरहेको छ ।”

बलात्कार अभियोगकै सजाय भुक्तान गरिरहेका कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनारले पनि कारागारबाट भागेको भाेलीपल्टै एक स्थानीय महिलालाई बलात्कार प्रयास गरे । बलात्कार प्रयास भएर ती महिला चिच्याएपछि भाग्दै गरेका सुनारलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। 

भदाै २६ गते कारागार व्यवस्थापन विभागले कैदीबन्दीहरुलाई फर्कन उर्दी जारी गरेपछि लामिछाने र रायमाझी सहित कतिपय जेल फर्किए । कतिपयलाई प्रहरीले पक्राउ समेत गर्याे । केहीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए । तर अझै पनि ६ हजार जति फरारकै सूचीमा छन् । 

बदलाकाे खतरा

कारागारबाट निस्किएकाहरूले उस्तै प्रकृतिकाे अपराध र हत्या समेत गरेकाे घटनाहरूले हिंसा प्रभावित महिला र बालबालिकालाई डर, भय थपेको छ । ल्याककी कार्यकारी निर्देशक न्यौपाने भन्छिन्, “कैदीहरु भागेपछि बलात्कार, हत्या जस्ता गम्भिर प्रकृतिका घटनाका प्रभावित दिदी, बहिनीहरुमा एकदमै डर पैदा भएको छ किनभने अपराध गर्नेले पहिले जेल जादैखेरी धम्की दिएर गएको हुन्छ । अहिले धम्क्याउन चाहि नधम्याउलान्, लुकेरै बस्छन्, तर बदला लिनका लागि आक्रमण गर्ने सम्भावना हुन्छ ।” 

मानव बेचविखनकाे मुद्दामा बहस पैरवी गर्ने अधिवक्ता उमा तामाङले कैदीहरू जेलबाट भागेपछि पिडित प्रभावित महिलाहरुले भेटेर, फोन गरेर डर, असुरक्षा र चिन्ता व्यक्त गर्ने गरेकाे बताइन् । “कैदीहरु जेलबाट भागेछ । अब हामीलाई जोखिम हुने भयो । दशैमा घर जानुछ । उनीहरु पनि घर पुग्छ होला भनेर डर मानिरहेकाे छन्, ” असाेज ८ गतेकाे कुराकानीमा उनले भनिन् ।

ल्याकले भने आफुले हेर्दै आएको मुद्दाका दैनिक १० भन्दा बढी पीडितलाई सम्पर्क गरेर (फलाेअप) मनोसामाजिक अवस्था बुझ्ने, नआत्तिन, मनोबल उच्च बनाउन परामर्श दिदै आएको छ । ल्याकले सेवा दिदै आएको बाहेकका अरु पीडितहरु पनि सम्पर्कमा आएको खण्डमा परामर्श दिन्छ । दैनिक ४ देखि ५ जना त्यस्ताे सेवाग्राहीहरूलाई कानुनी तथा मनोसामाजिक परामर्श दिइरहेको कार्यकारी निर्देशक न्यौपानेले बताइन् ।

“अदालतका विचाराधिन मुद्दाका फाइलहरू जलेका पीडितले भएको प्रमाण पनि सबै जल्यो अब के हुन्छ भनेर एकदमै आत्तिएको, चिन्तित भएको मनस्थितीमा सम्पर्कमा आउनुहुन्छ । घण्टौ रुनुहुन्छ, ” उनले भनिन्, “हामीले हामीसँग पनि केहि  प्रमाण राखेका छौं । सबैको यस्तै भएको छ, केही निकास निस्कन्छ होला भनेर सम्झाएर पठाउछौं । “ विपद्, महामारी,  संकट र बिषम परिस्थितीकै बेलामा महिला, कमजाेरहरूमाथि हिंसा हुने जाेखिम बढ्ने हुदा सरकारले भागेका कैदी फर्काउन द्रुत गतिमा काम गर्नुपर्ने अधिवक्ताहरूकाे माग छ ।

गत असार गोतामकोट स्वास्थ्य चौकीमा ५४ जनाले मानसिक तथा मनोसामाजिक परामर्श सेवा प्राप्त गरेका थिए । तस्बिरः सी.एम.सी. नेपालको फेसबुक ।

अर्की अधिवक्ता शशी बस्नेतले प्रहरी र तिनका कार्यालयहरूमा आक्रमण भएपछि राज्यकाे सुरक्षा उपस्थिती नै कमजाेर बन्न पुगेकाले अधिवक्ता समेत जाेगिएर हिड्नुपर्ने स्थिती बनेकाे बताइन् । “सामान्य अवस्थामै पनि गम्भिर प्रकृतिका मुद्दामा मिलापत्र गर्ने, धाकधम्की दिने गर्छन्, अहिले त अदालत, प्रहरीमाथि नै क्षति भएको छ । केही भैइहाले राज्यले नै सुरक्षा दिने स्थिती छैन । मुद्दा  हेरिरहेका अधिवक्ता नै जोगिएर हिड्नुपर्ने स्थिती छ,” बस्नेतले भनिन् । 

चाेरी डकैतीकाे डर उत्तिकै 

०८१ असार मसान्तसम्म देशैभरी २ हजार ६६० प्रहरी कार्यालयमा ७५ हजार ३९३ प्रहरी कार्यरत रहेको आर्थिक बर्ष ०८०/०८१ को राष्ट्रिय किताबखाना (प्रहरी) को वार्षिक प्रतिवेदनमा उल्लेख छ । तर, प्रहरीहरु पहिले जसरी नागरिककाे शान्ति सुरक्षामा तैनाथ हुन सकेका छैनन् । काठमाडौं उपत्यका प्रहरीका प्रवक्ता शेखर खनालका अनुसार बिशेषगरी दशैतिहार जस्ता ठूला चाडबाडमा मानिसहरु शहरबजारबाट गाउँ फर्किने, घर छोडेर आफन्तकहाँ चाड मनाउन जाने, आर्थिक कारोबार र गरगहनाको किनमेल बढ्ने भएकाले चोरीडकैतीको जोखिम बर्षैपिच्छे नै हुने गरेको छ । यसपाली फरार कैदी र थुनुवाहरुले सुरक्षा चुनौती झनै थपिएको छ ।

आउदै गरेको दशै काठमाडौं बाहिर गएर आफन्तहरुसित रमाइलो गरी मनाउने सोचेका बुढानिलकण्ठकी ६२ बर्षिया रेखा राई खनाल र उनका श्रीमानले चोरी डकैतीको जोखिम भएकाले पुर्वयोजना नै रद्ध गरेका सुनाए । “सबै आफन्तहरु भेट्ने, रमाइलो गर्ने भनेर योजना बनाएका थियौं, तर चोरी हुने डरले घर छोडेर जाने स्थिती नै रहेन,” खनालले भनिन्, “सिसिक्यामेरा जडान त गरेका छौं, त्यतिले मात्रै सुरक्षा नहुने देखियाे, यसपालीकाे दशै काठमाडौंमै जेजसरी हुन्छ मनाऔं भन्नेमा पुगेका छौं ।” 

रात्रीकालिन टोल गस्तीमा स्वतस्फुर्त खटिएका चितवनको भरतपुरस्थित ज्ञानज्योति टोलका स्थानीय । तस्बिर : ज्ञानज्योति टोल विकास संस्थाको फेसबुक

सामान्यतया दशैतिहार लगायतका चाडबाडकाे बेला चाेरीडकैती हुने गरेकामा यसबर्ष हजाराै कैदीहरू कारागार बाहिरै हुदा चाेरी र असुरक्षा बढेकाे स्थानीयले महसुस गरिरहेका छन् । ललितपुर बस्ने पुष्पा पौडेल भन्छिन्, “सडकमा प्रहरीको उपस्थिती नै पहिलेको भन्दा निकै घटेको छ ।” यसकारण काठमाडाैं लगायत देशका विभिन्न भागमा स्थानीयहरु आफैले रात्रीकालिन गस्ती गरिरहेका छन् । सिसिटिभि क्यामेरा जडान गर्न थालेका छन् । कतिपय टोल बस्तीका स्थानीयहरु मिलेर सुरक्षा गार्ड भर्ना गरेर सुरक्षाको चाजोपाँजो मिलाएका छन् ।

“प्रहरीभन्दा पहिले हामी स्थानीयहरु आफै जागेर आफ्नो सुरक्षा थाल्यौं,” कोटेश्वरस्थित स्थानीय कृष्ण मुरारी कोइरालाले भने । प्रदर्शनकारीहरुले ध्वस्त बनाएर छाडेका कोटेश्वर चोक स्थित ट्राफिक र प्रहरी कार्यालय, झोलुगें पुलनेरको अर्को प्रहरी बिट पुनःस्थापना गरेर सुरक्षाकर्मीलाई ड्युटी फर्कने वातावरण बनाएका छन् । अहिले पहिलेको भन्दा स्थिती सामान्य हुदैगैरहेकाे हुनाले कोइरालाका टाेलबासीले राती ९ बजेदेखि ११ बजेसम्म गस्ती गर्छन् । मदिरा पसलहरु ९ बजेभित्रै बन्द गराउन अनुरोध गर्छन् । कैदीहरु लुकेको वा शंकास्पद गतिविधि भैरहेको थाहा पाएमा प्रहरीमा खबर गर्छन् । “प्रहरीका थुप्रै हातहतियार लुटिएका हुनाले अपराधिक व्यक्ति वा समुहहरुसंग बिना हतियारका समुदायका मान्छेले मात्रै प्रतिकार गर्न जादा खतरा हुने भएकाले त्यस्ताे पाएमा खबर गर्नु भनेर प्रहरीले भनेकाे छ,”  काेइरालाले भने। 

अपर्याप्त प्रहरी सुरक्षा

यता प्रहरी प्रवक्ता घिमिरेले भने चाडपर्वकाे समय पनि भएकाले सम्भावित अपराध, चाेरी, लुटपाटकाे आकलन गरेर सुरक्षा रणनीति बनाएकाे, सुरक्षााकाे प्रत्याभुती गराउन प्रहरीकाे तल्लाे युनिटसम्म सर्कुलर जारी गरेकाे, नागरिक समाज र टाेल सुधार समितिहरूसंग समन्वय गरि सुरक्षा व्यवस्थापनमा खटिएकाे दाबी गर्छन् । “अस्ती एक दिनको घटनापछि प्रहरी सेवाको जुन अभाव महसुस भएर नागरिकहरु जुटेर क्षति भएका संरचनामा सफाइ गरिदिने, पहिलेजसरी भवनहरू नभएपनि एउटै कोठाबाटै भएपनि सेवा सुचारु गर्ने वातावरण बनाइदिनुभएको छ । यसले प्रहरीमा आत्मबल थपेको छ ।” 

कारागार व्यवस्थापन विभागका न्यौपानेले फरार कैदीहरूलाई सकेसम्म छिटो नियन्त्रणमा लिन प्रहरी र जिल्ला सुरक्षा समितिहरु परिचालन गरि खोजतलास भैरहेको बताए । हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरी फरार कैदीको खोजी, नियन्त्रण तथा पक्राउ कार्य भैरहेको छ । “अध्यागमन र भारतसंगको सिमा नाकामा पनि कडाइ गरेका छाैं, छिटाेभन्दा छिटाे नियन्त्रण लिनेमा जाेड दिएका छाैं,” उनले भने । यसैगरी, असोज १० गते कारागार विभागले अर्को सुचना जारी गर्दै फरार कैदीहरु असोज २० गतेभित्रमा कारागारमा फर्किन पुनः आह्वान गरेको छ ।

क्यान्भामा सिर्जित तस्बिर।

तर अहिलेकै अवस्थामा याैनजन्य एवम् लैङ्गिक हिंसामा परेका महिलाहरुलाई सुरक्षााकाे प्रत्याभुती गराउन गाह्रो भएको ल्याककी कार्यकारी निर्देशक न्यौपाने बताउँछिन् । उनले प्रहरीकाे उपस्थिती कतिसम्म फितलाे अवस्थामा पुगेकाे छ भन्ने प्रसंग साझा गरेकी छन् । हालै काठमाडाैंकी एक महिला घरेलु हिंसामा परेपछि नजिकैकाे प्रहरी चाैकीमा उजुरी गर्न गएकी थिइन् । तर प्रहरीले आफुहरुकै अवस्था दयनीय रहेकाे भन्दै पीडितप्रति खासै चासो नदेखाएपछि उनी कानुनी र मनोसामाजिक परामर्शकाे गुहार माग्दै ल्याकमा आइपुगेकी थिइन् । 

पूर्ण सुरक्षाको प्रत्याभुति नभैसकेकाले अधिवक्ता र मुद्दाका सरोकारवालाले भने प्रभावितहरुलाई स्वयम् सतर्कता अपनाउन सुझाव दिने गरेका छन् । “मैले चाहि कहि हिडडुल गर्दा सतर्क हुनु, एक्लै नहिड्नु, परिवार र साथीभाइहरुसँग  समूहमा हिड्नु, आफ्नो सुरक्षामा ख्याल गर्नु, केही अप्ठेरो परिस्थिती आइलाग्यो भने तुरुन्तै खबर गर्नु भनेर सम्झाइ बुझाइ गरेको छु,” अधिवक्ता तामाङले भनिन् ।

(कभर फोटोः जेलबाट भाग्दै गरेका कैदीहरु । Image source: PTI)

48 Comments

48 thoughts on “फरार कैदीले जनतामा त्रासः यौनजन्य एवम् लैङ्गिक हिंसामा परेका महिलाहरुलाई सुरक्षाको प्रत्याभूति गराउन गाह्रो

  1. Для бесперебойного доступа к casino vavada (вавада), просто перейдите по ссылке vavada casino сайт и начните игру!
    Онлайн-казино Vavada известно своими бонусами. В Vavada собраны лучшие слоты от мировых провайдеров. Благодаря зеркалу игроки всегда остаются на связи с платформой.

    Такое зеркало полностью повторяет функционал оригинального сайта. С помощью зеркала игроки избегают технических проблем . Благодаря ему пользователи не пропускают акции и бонусы.

    Зеркала помогают обходить запреты от провайдеров . Блокировка может произойти по решению властей . Без зеркала игроки рискуют потерять доступ к своим средствам .

    Зеркала Vavada предлагают тот же уровень защиты данных. Игроки ценят зеркала за отсутствие дополнительных настроек . Зеркала позволяют наслаждаться играми в любое время.

    Для этого можно использовать рекомендации от поддержки. Зеркало обновляется регулярно, чтобы избежать блокировок . Убедитесь, что зеркало поддерживает все функции игры .

    Использовать зеркало просто: перейдите по ссылке и авторизуйтесь . Это гарантирует бесперебойное развлечение. Зеркало Vavada сохраняет все бонусы и акции .

    Зеркала соответствуют стандартам конфиденциальности. Рабочее зеркало поддерживает все меры защиты. Рекомендуется использовать только проверенные источники зеркал .

    Регулярно проверяйте статус зеркала Vavada . Используйте их для полного погружения в азарт. Выберите правильное зеркало и наслаждайтесь игрой без ограничений.

  2. Кемпинг у воды на хуторе Каменный Стол — идеальное место для тех, кто ценит природу и простоту. Рыбалка, купание, прогулки по лесу и вечера у костра. Комфортный палаточный отдых в живописном месте.

  3. i enjoy reading your articles, it is simply amazing, you are doing great work, do you post often? i will be checking you out again for your next post. you can check out webdesignagenturnürnberg.de the best webdesign agency in nuremberg Germany

  4. i enjoy reading your articles, it is simply amazing, you are doing great work, do you post often? i will be checking you out again for your next post. you can check out webdesignagenturnürnberg.de the best webdesign agency in nuremberg Germany

  5. Миниатюрный, впрочем потрясающий красочный авиагавань Геленджика размещен во долине, со всех сторон окруженной горами. Это отнюдь не просто место прибытия, а полноценное начало во отпуск. Узкая ВПП, упирающаяся прямо в горные склоны, делает подъем и посадку волнующим представлением с видами на цвета морской волны зеркало Цемесской бухты и центральный Кавказский горный хребет.
    https://gelendzhik-aeroport.ru
    Здесь вы найдёте:
    Здесь нет шума и спешки крупных центров. Маленький здание аэропорта, похожий на благоустроенную приморскую домик, проникнут аурой курорта.

  6. Проблема эректильной дисфункции затрагивает мужчин всех возрастов.Заказать на сайте https://spb-generic.ru/
    В Санкт-Петербурге все больше представителей сильного пола ищут эффективные
    и доступные способы решения этой деликатной проблемы. Здесь на помощь приходят
    дженерики – качественные аналоги оригинальных препаратов для повышения потенции,
    предлагаемые по более демократичной цене.

  7. 888starz هي منصة رائدة في عالم القمار عبر الإنترنت . تعتمد 888starz على أحدث التكنولوجيا لتوفير تجربة أمنة وموثوقة . منصة 888starz دائما ما تحصل على تحديثات جديدة وجذابة.

    منصة 888starz تتميز بأمانها العالي. 888starz توفر فرصا عديدة للفوز بالجوائز الكبيرة . تعتمد 888starz على سياسات شفافة ومتوازنة لتوزيع الجوائز .

    توفر 888starz مجموعة واسعة ومتنوعة من الألعاب التي تلبى جميع الأذواق . 888starz تتيح للمستخدمين فرصة لعب ألعاب القمار ضد اللاعبين الحقيقيين . منصة 888starz تتميز بوجود ألعاب السلوت الشهيرة.

    888starz هي منصة قمار عبر الإنترنت توفر تجربة فريدة وممتعة . 888starz توفر للمستخدمين فرصة للاستفادة من العروض الترويجية المختلفة . 888starz هي خيار مثالي للعديد من اللاعبين الذين يبحثون عن تجربة قمار فريدة وممتعة .

    مراهنات 888 https://888starz-egypteg.com/

  8. Jedna z najwiekszych zalet kasyna 888starz jest opcja grania na smartfonach. Elastycznosc grania na roznych platformach to klucz do sukcesu. Wszystko dziala plynnie w przegladarkach. To swietna okazja, aby doswiadczyc nowych emocji.
    888starz mirror 888starz mirror.

  9. Новый тренд для дачи – капсульный дом – купить в Москве капсульный дом – Представьте: вы приезжаете на дачу после недели шумного мегаполиса. Вместо привычного громоздкого дома вас встречает лаконичная, футуристичная форма, гармонично вписанная в пейзаж. Это не сцена из фантастического фильма, а новый тренд в загородной жизни — капсульный дом.

Leave a Reply

Your email address will not be published.